scheduleबिहिवार बैशाख १२ गते, २०७६

उत्तर कोरियाले बनायो भोकमरीमा खान मिल्ने यस्तो अचम्मको कपडा

एजेन्सी, १६ माघ । परमाणु परिक्षण र अन्तर महादेशीय क्षेप्यास्त्र जस्ता शक्तिशाली तथा घातक हतियार निर्माण गरी अमेरिकालाई पनि तर्साएर चर्चामा आएका उत्तर कोरियाली तानाशाह किम जोङ उन अहिले पुनः चर्चामा आएका छन् । तर यो चर्चासँग उनको कुनै द्वन्द्धात्मक वा आक्रमक छवि जोडिएको छैन । यो चर्चा किमको नव रचनात्मक क्षमतासँग जोडिएको छ ।

लामो समयदेखि एक्लिएको मुलुक उत्तर कोरिया भोक र गरिबिको चपेटमा रहेको सबैलाई थाहा छ । यी सबैबाट छूटकारा पाउनका लागि नेता किमले आफ्नो मुलुकलाई एक खुल्ला देशकोरुपमा स्थापना गर्ने तयारी गर्दै छन् । यसका लागि उनले तैराकी, हाईकिङ र एड्भेन्चर स्पोर्ट्सहरुका लागि विशेष कपडाहरु पनि लन्च गरिसकेका छन् ।

किम जोङ उनले लन्च गरेका यी फेसन प्रोडक्ट्सहरु आफैंमा एकदमै विशेष छन् । रिपोर्टहरुका अनुसार यी कपडाको सबैभन्दा प्रमुख विशेषता के हो भने यी कपडालाई शरीरमा लगाउनुका साथ साथै आवश्यकता परेमा खान पनि सकिन्छ । त्यस्ता कपडाहरुलाई क्लोदिङ सेन्टरमा बनाइएको हो ।

खबरहरुका अनुसार ती कपडा फ्लैनलेट फैब्रिक्सबाट बनाइएको हो । त्यसमा फैंब्रिक्स प्रोटिन, एमिनो एसिड, फ्रुट जूस, आयरन र क्याल्शियम पाइन्छ जसलाई सजिलै सेवन गर्न सकिन्छ ।

त्यस्ता कपडाहरु पौष्टिक हुनुका साथै स्वादिलो पनि हुन्छन् । भोको रहेको अवस्थामा ती कपडालाई खान पनि सकिन्छ ।

किमले लन्च गरेको कपडामा पुरुषहरुका लागि ज्याकेट्स र महिलाहरुका लागि शनैल कम्पनीको डिजाइनर वार्डरोबको नकल रहेको छ । यस बाहेक ह्याण्डब्याग पनि गुची कम्पनीको नकल छ । लन्च गरिएका ती कपडाको नाम स्मार्ट क्लोथिङ भएको बताइएको छ ।
यी कपडाको माध्यमबाट मानिसहरुले आफ्नो स्वास्थको ख्याल राख्न सक्छन् ।

उत्तर कोरियामा पर्यटन कम्पनी चलाउने तोंगिल टूर्सले अंग्रेजी समाचार वेभसाइट मिररलाई बताए अनुसार किमले लन्च गरेका ब्याग अहिले पुरुषहरुको बीच निकै लोकप्रिय बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob