scheduleशुक्रवार भाद्र ६ गते, २०७६

सरकारविरुद्वको आन्दोलनलाई थप शसक्त बनाउने काँग्रेसको चेतावनी

काठमाडौं, १६ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गरी काँग्रेसको पूर्व निर्धारित आन्दोलनका कार्यक्रमहरु स्थगित नहुने बरु शसक्त हुने बताएका हुन् ।

काँग्रेस केन्द्रीय समिति बैठकको गत आईतबारको निर्णयअनुसार माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै त्यसको घोर भत्सर्नासमेत गरेको थियो । काँग्रेसले माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने जनाएको छ । प्रदर्शन ६ मुद्दामा केन्द्रीत रहने काँग्रेसको भनाई छ ।

यता मन्त्रिपरिषद्को पछिल्लो बैठकले काँग्रेसको मूल मागको रुपमा रहेको दुई पूर्वसभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र सरकार मातहत राख्ने निर्णय पनि काँग्रेसको आन्दोलन के हुन्छ ? भन्ने विषयमा जिज्ञासा भईरहको बेलामा काँग्रेसले पत्रकार सम्मेलन गरी आन्दोलन नरोकिने बताएको हो ।

प्रवक्ता शर्माले अबको आन्दोलन भ्रष्टाचारविरुद्ध, संघीयताको कार्यान्वयन, गोविन्द केसीको माग सम्बोधन र संसदीय सर्वोच्चताको विषयमा केन्द्रीत हुने बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage