scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

रक्त कोशिकाबाट बनेको डिम्बले अन्त्य गर्ला त बाँझोपनाको समस्या?

एजेन्सी, १६ माघ । जापानको एउटा प्रयोगशालाले पहिलोपटक रक्त कोशिकाबाट मानव डिम्ब बनाएको छ ।

सोही अनुसन्धान समूहले मुसाको छालाको कोशिकाबाट शुक्राणु र डिम्ब पनि तयार गरेको छ । साथै उसले छालाबाट बनेको डिम्ब र शुक्राणुबाट जन्माएको मुसाबाट सफलतापूर्वक दिसा पनि उत्पादन गरेको छ ।

यो ग्राउण्डब्रेकिङ सफलताले बाझोपनाको अन्त्य गर्ने एउटा लोभलाग्दा आशाको प्रकाश जन्माएको छ, तर सँगै नैतिक प्रश्नको लामो सूची र अन्योलता पनि जन्माएको छ ।

अमेरिकाजस्तो मुलुकमा समलिङ्गी जोडी तथा बाँझोपनाको समस्या हुने भएका कारण आज पनि प्रत्येक दशमध्ये एक जोडी बच्चा जन्माउनका लागि दान गरिएको डिम्ब, शुक्रकिट, आइभिएफ प्रविधि वा कुनै अवस्थामा ‘सरोगेसी’ मा पनि निर्भर छन् । तर यदि जापानी अनुसन्धानकर्ता डा. मितिनोरी साइतो र क्योटो विश्वविद्यालयमा रहेको उनको प्रयोगशालाले अहिलेसम्म देखाएजस्तै वाचा गरे अनुरुपको प्रगति हासिल गर्दै जाने हो भने यसले यो अवस्थालाई परिवर्तन गर्न सक्ने मिडियम आर्टिकलमा उल्लेख छ ।

तर केही नीतिविज्ञले यस्ता नव प्रविधिको बाटो खोलेर बाँझोपनाको बाटो बन्द गर्ने प्रयत्न गरे यसले डिजाइन गरिएका बच्चाहरु, कृतिम जीन भएका मानिसहरुको बाढी ल्याउने र त्यसबाट उत्पन्न हुने समस्यालाई सुल्झाउन हाम्रो समाज अझै पनि तयारी अवस्थामा नरहेको भय व्यक्त गरेका छन् ।

न्युयोर्क विश्वविद्यालयका जीवनीतिविज्ञ डा. आर्थर कापलान भन्छन् लडाँई गर्नुपर्ने अझै धेरै मुद्दाहरु बाँकी रहेका छन् । उनी भन्छन्, ‘हामीले कुनै गैरकानूनी प्रयोग गर्दैछौं भनेर कसैले भन्यो भने हामीले के गर्नेछौ भन्ने विषयमा नै सहमति बनेको छैन । जब चीनमा एउटा भ्रुणलाई सम्पादन गर्ने काम गरियो तब कोही पनि त्यसका लागि तयार थिएनन् ।’

मुसाको प्रयोगमा भएको त्यही सफलतालाई डा. मितिनोरी साइतो पहिलोपटक मानवीय रक्त कोशिकामा पनि प्रयोग गर्दै पेट्री डिसमा प्राथमिक चरणको मानवीय डिम्ब तयार गरे । सेप्टेम्बर २०१८ मा विज्ञान क्षेत्रमा भएको यो ल्याण्डमार्क सफलता हो ।

तर यो मानव डिम्बलाई पूर्णरुपमा विकास हुनका लागि ‘ओभरी’ को आवश्यक पर्दछ । हाल डा. मितिनोरीको एकजना प्रयोगशाला सदस्य स्नातक तहका विद्यार्थी चिका यामासिरो त्यही परियोजनामा काम गर्दैछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob