scheduleमगलवार कार्तिक २६ गते, २०७६

अबको दशकमा राजनीतिक फोहर सफा हुने प्रचण्डको दाबी

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको फोहोर सफा हुने दाबी गरेका छन् । बुधबार सुन्तली धुर्मुसले फाउन्डेसनले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण घोषणा कार्यक्रमबारे काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अबको एक दशकमा नेपालको राजनीति सफा हुने दाबी गरेका हुन् । राजनीतिलाई सफा पार्ने काम राजनीतिज्ञको भएको उनले बताए।

नेपालको राजनीति फोहारबाट सफा बन्ने दिशामा गएको उनको दाबी थियो। उनले राष्ट्र निर्माणमा सबै पार्टी र समुदाय एकजुट हुनुपर्ने बताए।

त्यस्तै उनले क्रिकेट मैदानको निर्माणमा कसैको केही स्वार्थ नभएको र यसले सत्तापक्ष र प्रतिपक्षलाई एकै ठाउँमा ल्याइदिएको पनि बताए। उनले खेलकुद क्षेत्रले सिंगो राष्ट्रलाई एकतावद्ध बनाउने दाबी गर्दै आज घोषणा गरिएको क्रिकेट मैदानले सिंगो देशलाई एकतावद्ध गर्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच जग्गा सम्बन्धी सम्झौता भएको छ। भरतपुर महानगरपालिकाले २० विगाह ६ कठ्ठा जग्गा फाउन्डेनसलाई हस्तान्तरण गरेको छ। कृषि तथा वन विश्वविद्यालयले भोगचलान गरिरहेको उक्त जग्गा रंगशाला निर्माण गरिने भएसँगै महानगरमार्फत फाउन्डेसनलाई उपलब्ध गराउन सहमत भएको हो।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage