scheduleआइतवार भाद्र १ गते, २०७६

कोपा डेल रे कपः घरेलु मैदानमा बार्सिलोनाको चमत्कार, सेभियामाथि गोलको वर्षात् गर्दै सेमिफाइनलमा प्रवेश

काठमाडौं, १७ माघ । कोपा डेल रे कपको पहिलो लिगामा सेभियासँग दुई गोलले पछि परेको बार्सिलोनाले दोस्रो लिगमा भने सानदार कमव्याक गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ६-१ गोलको अन्तरले सेभियालाई पराजित गरेको हो ।

समग्रमा ६-३ गोलले पराजित गर्दै बार्सिलोना अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

केही दिन अगाडि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाले सानदार कमव्याक गर्ने बताएका थिए ।

बार्सिलोनाको जितमा फिलिपिन्हो कोटिन्होले दुई गोल गरेका थिए । त्यस्तै इभान राकिटिक, सर्जियो रोबर्टो, लुइज स्वारेज र लियोनल मेस्सीले एकएक गोल गरेका थिए ।

पहिलो हाफको १३ औ मिनेटमा फिलिपिन्हो कोटिन्होले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको २७ औ मिनेटमा सेभियाका लागि एभर बनेगाले पेनाल्टीमार्फत गोल गर्न सकेनन् ।

इभान राकिटीकले ३३ औ मिनेटमा दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले दुई गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि बार्सिलोनाको खेल उत्कृष्ट रह्यो ।

खेलको ५३ औं मिनेटमा स्वारेजको पासमा कोउटिन्होले, ५४ औं मिनेटमा मेसीको पासमा सर्जी रोबर्टोले गोल गरे भने ६७ औं मिनेटमा सेभियाका गुयल्मी अरानाले गोल गरेर खेलमा फर्कन छाँट देखाए पनि बार्सिलोनाको गोल गर्ने क्रम रोकिएन ।

८९ औं मिनेटमा जोर्डी अल्बाको पासमा लुइस स्वारेजले तथा खेलको इन्जुरी समयमा अल्बाकै पासमा मेसीले गोल गरे । ऐतिहासिक जित हात पारेको बार्सिलोना एकपटक पुन कोपा डेल रे कप जित्ने दाबेदारका रुपमा प्रस्तुत भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage