scheduleबिहिवार बैशाख १२ गते, २०७६

कंगनाको फिल्म ‘मनिकर्निका’ को एक साताको कमाइ कति

काठमाडौं, १७ माघ । बलिउडमा गएको हप्ता दुई फिल्म रिलिज भए । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको फिल्म ठाकरे र कंगना रणावतको फिल्म मनिकर्निका ।

यी दुई फिल्मले बक्स अफिसमा सन्तोषजनक कमाइ गर्न सफल भएका छन् ।

बाला साहब ठाकरे को बायोपिकमा बनेको फिल्म भनिएको यस फिल्मले बक्स अफिसमा पहिलो साता झण्डै १४ करोड कलेक्सन गर्न सफल भएको छ ।

त्यस्तै मनिकर्निकाले झण्डै ५३ करोड कलेक्सन गरेको छ । यी दुवै फिल्मको रिभ्यु राम्रो भएका कारण पनि फिल्मको कलेक्सन राम्रो भएको बताइएको छ ।

ऐतिहासिक फिल्म मनिकर्निकामा कंगनाको दमदार एक्सन र अभिनय रहेको छ भने फिल्म ठाकरेमा सिद्दीकीको बेजोड अभिनय रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob