scheduleबिहिवार बैशाख १२ गते, २०७६

आफू अर्कै युवतीसँग विवाह गर्ने भएपछि प्रेमिकालाई विष सेवन गर्न आग्रह, नमानेपछि निर्घात कुटपिट

इलाम, १७ माघ। आफूसँगै विष सेवन गर्न नमानेपछि एक युवकले आफ्नी प्रेमिकालाई निर्घात कुटपिट गरेका छन्।

इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका ३० वर्षे सागर सुवेदीले त्यसै वडाकी २७ वर्षीया सरिता रेश्मीमगरलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्। घटना बुधबारको हो । बुधबार दिउँसो गाउँमै सागरले सरितालाई ‘दुवैजनाले विष खाउँ’ भनेका थिए । तर नमानेपछि सरितालाई कुटपिट गरी गम्भीर बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सागरको कुटपिटपछि गम्भिर घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई झापा रेफर गरिएको छ।

सागरको मोरङकी अर्की युवतीसँग आउँदो २८ गते बिहे निश्चित भइसकेको गाउँलेहरुले जानकारी दिएका छन् । सरितालाई कुटपिट गर्ने सागरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob