scheduleआइतवार भाद्र ८ गते, २०७६

रुसी महिलासँग विवाह गरेपछि राजगद्दी गुमाएका राजा….

एजेन्सी, १७ माघ । बिहीबार मलेशियाले सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहलाई नयाँ राजाको रुपमा नियुक्त गरेको छ । यस अघि यसै महिना मात्र पूर्ववर्ती राजा सुल्तान मोहम्मद पाँचौले पद परित्याग गरेका थिए ।

पूर्वराजा सुल्तान मोहम्मदले पद छोड्नुका पछाडीको आधिकारिक कारण त हालसम्म बाहिर आएको छैन । तर यस अघि उनी उपचार विदाका लागि बसेका थिए । त्यसैबीच उनले रसियाकी पूर्वमिस मस्कोसँग विवाह गरेको खबर आएको थियो । उनले पद सम्हालेको दुई वर्षपछि नै सो पदबाट राजीनामा दिएका थिए ।

यो पहिलो घटना हो, जब कुनै मुस्लिम बाहुल्य मुलुकका राजाले कार्यकाल समाप्त हुन अघि पद छोडेको ।

मलेशियाको पछिल्लो राजाको त्यास्तो ऐतिहासिक कदम पछाडीको कारण उनको रुसी महिलासँग विवाह नै हुने अनुमानहरु लगाइएको छ ।

मलेशियामा संवैधानिक राजतन्त्र रहेको छ । त्यहाँ एउटा अनौठो व्यवस्था अनुरुप देशको नौ राज्यको शाही शासकहरुको बीचबाट प्रत्येक पाँच वर्षमा राष्ट्रिय राजगद्दी बसाइन्छ ।

मलेशियाले अहिले चयन गरेको राजा एक उत्साही खेलाडी हुन् । उनीसँग खेल संस्थाहरुका धेरै अहम् पदहरु छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage