scheduleबिहिवार बैशाख १२ गते, २०७६

जब हाच्छिउँ गर्दा नाकबाट नै निस्कियो बहुमूल्य बस्तु…

एजेन्सी, १७ माघ । वेलायतकी एकजना महिलाको साथमा एउटा यस्तो घटना घट्यो जसलाई सुन्ने हरेक कोहीको होश उडेको छ । वेस्त योर्कशायरकी २० वर्षे ब्यूटिशियन अबिगेल थम्पसन नाम गरेकी ती महिलाको नाकबाट हराएको उनको पुरानो बहुमूल्य सामान निस्किएको छ । तर उनलाई त्यो बहुमूल्य सामान आफ्नो नाकभित्र रहेको कुरा थाहा थिएन ।

केही समय अघिदेखि अबिगेललाई आफ्नो नाक खसखसाएको जस्तो अनुभव हुन्थ्यो । उनको अनुसार त्यो दिन अरु दिन जस्तै सामान्य थियो । उनी आफ्नो सोफामा बसिरहेकी थिइन् । त्यो समय उनलाई निकै हाच्छिउँ आइरहेको थियो । जब उनले कपडाले नाक सफा गर्दै नाक भित्र हेरिन् तब नाकको प्वालभित्र केही कुरा चम्किरहेको थियो । त्यस समयसम्म उनलाई आफ्नो नाकभित्र केही कुरा रहेको थाहा भैसकेको थियो । जब उनले जोडले हाच्छिउँ गरिन् तब मुख छोपेको कपडा खोलर हेर्दा उनी छक्क परिन् । त्यस कपडाभित्र उनको १२ वर्ष अघि हराएको औंठी थियो ।

अबिगेलको अनुसार उनलाई त्यो औंठी उनकी आमाले २००७ मा उपहारको रुपमा दिएकी थिइन् । केही महिनापछि नै त्यो हराएको थियो । २००७ मा उनको आठौं जन्मदिनको अवसरमा त्यो औंठी हराएको थियो । घरको सबै ठाउँमा खोज्दा पनि त्यो नभेटिएपछि उनलाई लागेको थियो त्यो चोरी भयो । त्यसकारण उनीले त्यस औंठीलाई भुलिसकेका थिइन् ।

तर अचानक अहिले त्यो बाहिर आउँदा अबिगेललाई विश्वास लागेको छैन । उनी भन्छिन् योर्कशायर हुँदा उनी आफ्ना साथीहरुले त्यो औंठी चोरेको आशंका गर्थिन् ।

अबिगेललाई नाकभित्र त्यस औंठी फस्दा पनि स्वास लिन कहिल्यै अप्ठ्यारो भएन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob