scheduleबिहिवार फाल्गुन १५ गते, २०७६

सिटामोल बोकेर चिकित्सा क्षेत्रमा फर्कन गोविन्द केसीलाई सरकारका प्रवक्ताको सुझाव

काठमाडौं, १७ माघ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रा. डा. गोविन्द केसीको अनसनको औचित्य सकिएको दाबी गरेका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले यस्तो आग्रह गरेका हुन् ।

अनसन त्याग्न आग्रह गर्दै प्रवक्ता बास्कोटाले केसीलाई उक्साउन हिँड्नेको पछि नलाग्न र जनताको पक्षमा मलमपट्टी, सिटामोल बोकेर चिकित्सा क्षेत्रमा फर्कन सुझाव दिए ।

प्रतिपक्षले सत्ता गुमाउनुपरेको पीडामा केसीलाई उचालेको उनको आरोप थियो । डा. केसीको मागअनुसार नै संसदीय प्रक्रियाबाट विधेयक पारित भएको उनको जिकिर थियो । सरकारले केसीका मागहरु एक स्टेप अघि बढेर सम्बोधन गरेको बाँस्कोटाको दाबी थियो।

विधेयक दुवै सदनबाट पारित भएको जानकारी गराउँदै बाँस्कोटाले पश्चिम ताकेर पूर्व हिर्काउने तरिका स्विकार्य नहुने पनि बताए। विधेयकको मर्म अनुसार सहयोग गर्न उनले प्रतिपक्षी काँग्रेस लगायत अरु दलहरुलाई आग्रह गरेका छन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय