scheduleआइतवार भाद्र ८ गते, २०७६

शुक्रबार देशभर अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं, १७ माघ । नेपाल चिकित्सक संघले शुक्रबारबाट देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले उक्त निर्णय लिएको जनाएको हो ।

बिहीबार राष्ट्रियसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेलगतै संघले आन्दोलनको चेतावनी दिएको हो ।

संघले प्रा. डा. गोविन्द केसीको जीजनरक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको जनाएको छ । सरकारले सामान्य मावअधिकारको समेत पालना नगरेको संघको आरोप छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage