रियल मड्रिड कोपा डेल कपको सेमिफाइनलमा प्रवेश
काठमाडौँ, १८ माघ । गएराति भएको कोपा डेल रे कपमा रियल मड्रिडले जिरोनालाई ३-१ गोलले पराजित गरेको छ ।
पहिलो लिगमा रियलले जिरोनाविरुद्ध ४-२ गोलको जित हात पारेको थियो ।
समग्रमा रियलले ७-३ गोलको जित हात पारेको हो ।
यो जितसँगै रियल कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस सिजन विस्तारै फर्ममा फर्केका रियलका स्टार खेलाडी करिम बेन्जेमाले दुई गोल गरे ।
त्यस्तै मार्कोस लोरेन्टेले एक गोल गरे । जिरोनाका लागि एकमात्र गोल पेद्रो पोरोले गरे ।