scheduleआइतवार भाद्र ८ गते, २०७६

सलिन द्वन्द्वमा उत्रिएको ‘यात्रा’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौं¸ १८ माघ । सलिनमान बानिया अभिनित चलचित्र ‘यात्रा’ को टिजर सार्वजनिक भएको छ ।

बिहिवार ओ.एस.आर. डिजिटलबाट विहीबार टिजर सार्वजनिक गरिएको चलचित्रमा सलोन बस्नेत, प्रेक्षा बज्राचार्य र जहान्वी बस्नेत, धिरेन शाक्य, बिशाल कटवाल, राजाराम पौडेल, नानिकाजी डंगोल लगायतको अभिनय हेर्न सकिने निर्माण पक्षले जानकारी दिएको छ ।

सार्वजनिक गरिएको टिजरमा प्रेमिल संवादहरु प्रयोग गरिएको छ जसमा सलिन र मल्लिलाको प्रेमलाई प्रस्तुत गरिएको छ । पहिलो चलचित्र ‘ए मेरो हजुर–२’ को अपार सफलतापछि सलिनमानलाई अब ‘यात्रा’मा देखिने भएको हो । प्रेम र बिछोडको कहानीले बुनिएको ‘यात्रा’मा चक्लेटी नायक सलिनमान द्वन्द्वमा उत्रिएको टिजरले संकेत गरेको छ ।

सम्राट शाक्यको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा सुशिल पोख्रेलको लगानी छ । केशव भट्टराई र चिजकुमार श्रेष्ठको संयुक्त प्रस्तुति रहेको चलचित्रमा विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ति तिमिल्सिना सह–निर्माता रहेका छन् । चलचित्रमा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रमा संजय लामाको छायांकन र बनिष शाहको सम्पादन छ । विभिन्न कारणले चलचित्रको निर्माणको लागि लामै समय र ठूलो लगानी लागेको भट्टराईले जानकारी दिए ।

पछिल्लो समय युट्युबमा चर्चा रहेका बालकलाकार अंकित संग्रौला र एन्जल राईले पनि चलचित्रमा अभिनय गरेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइने छ । चलचित्र चैत्र २९ देखि देशभर प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् टिजर-

टिजर सार्वजनिकरणपछि निर्माता चिजकुमार श्रेष्ठले सबै पक्षलाई धन्यवाद दिँदै आफ्नो फिल्म क्षेत्रमा लाग्नुको सन्दर्भलाई स्पष्ट पारेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage