आफ्नै छोराले आमालाई कुटेर गरे हत्या
ओखलढुङगा, १९ माघ । ओखलढुङगामा एक छोराले आफ्नै आमालाई कुटेर हत्या गरेका छन् । आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–५ पोखरीया बस्ने ३८ वर्षीय टंकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले मादक पदार्थ सेवन गरी ६३ वर्षीया आमा नरमायाँ कार्कीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र प्रहरी चौकी कोसाहाटबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।