scheduleसोमवार भाद्र २ गते, २०७६

पहिलोपटक समुद्रभित्र बन्दैछ २०५ किमीको तैरिने सुरुङ

एजेन्सी, १८ माघ । आज हामी तपाईलाई विश्वको सबैभन्दा उत्कृष्ट र अद्भूत सुरुङमार्गको बारेमा बताउँदै छौं जुन समुद्रभित्र तैरिन्छ ।
नर्वेमा अब यो अद्भूत सुरुङबाट तपाई समुद्रको बाटो हुँदै एउटा शहरबाट अर्को शहरसम्म पुग्न सक्नुहुन्छ । नर्वेले चाँडै नै समुद्रभित्र तैरिने सुरुङको निर्माण गर्दैछ । कंक्रिटबाट बनाइने यो सुरुङमा दुईवटा लेन बनाइनेछ ।

यो परियोजनामाथि काम गरिरहेको सरकारी संस्था नर्वेजियन पब्लिक रोड्स एडमिनिस्ट्रेशनले यो परियोजनालाई आगामी २०५० सम्म पूरा गर्ने लक्ष्य लिएको छ । यदि यो सुरुङ वास्तवमै पूरा भयो भने यो कुनै आश्चर्यभन्दा कमको हुने छैन ।

चीन, दक्षिण कोरिया, इटली र इंडोनेशिया पनि यस परियोजनामाथि काम गर्दैछ ।

सय फिटमुनिको गहिराईमा निर्माण हुने यो सुरुङ २०५ किमी लामो हुनेछ । सुरुङलाई नियन्त्रण गर्नका लागि पानीको सतहमा पिपेको पुल तयार गरिदैँछ । समुद्री जहाजलाई बीचबाट यात्रा गर्न सहज तुल्याउन यी पुलहरुबीच पर्याप्त दूरी रहनेछ । सुरुङलाई कुनै पनि प्रकारको मौसमको असर नपार्नका लागि यसलाई निकै मजबूत बनाउने योजना बनाइएको छ । यसको निर्माणको लागि चालिस अर्ब डलरको अनुमान गरिएको छ ।

यो सुरुङ पश्चिम नर्वेस्थित क्रिस्टियानस्याण्ड र ट्राँनहेम नामक दुई शहरको बीच यात्रा ई थर्टीनाइन मार्गको भागमा रहनेछ । सुरुङ बनाएर यी दुई शहरलाई जोड्ने लक्ष्य छ । यी दुई शहरको बीचमा ११०० किमीको दूरी छ जसलाई तय गर्न २१ घण्टा लाग्ने गर्छ ।

तैरिने सुरुङको अवधारणा नयाँ होइन यस अघि १८८२ मा वेलायती नौसैनिक आर्किटेक्ट एडवर्ड रिडले पनि यस्तो सुरुङको प्रस्ताव राखेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage