scheduleशुक्रवार फाल्गुन ९ गते, २०७६

डा. केसीलाई नागरिक समाजको अपिल- अनसनबारे पुनर्विचार गर

फाइल फोटो

काठमाडौं, १८ माघ । नागरिक समाजका अगुवाहरुले आमरण अनसन फिर्ता लिन डा. गोविन्द केसीलाई आग्रह गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगानालगायतले अपील जारी गर्दै कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसनबारे पुनर्विचार गर्न आग्रह गरे पनि डा. केसीले मानेका छैनन् ।

नागरिक समाजका अगुवाहरुले भनेका छन्, ‘आमरण अनसन अन्त्य गरी यहाँले जारी राख्ने सत्याग्रहको अन्य स्वरुपमा हाम्रो ऐक्यवद्धता रहने जानकारी गराउँछौं ।’ अगुवाहले डा. केसीसँग वार्ता गर्नुको साटो प्रतिकार गर्ने सरकारी रवैयाको आलोचना समेत गरेका छन् ।
अपीलमा भनिएको छ, ‘सत्याग्रह जस्तो अहिंसात्मक आन्दोलनमाथि हिलो छ्याप्ने डरलाग्दो प्रवृत्ति देखाउँछ ।’

पूर्वराष्ट्रपति डा. रावरण यादव र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि डा. केसीलाई भेटेर अनसन तोड्न आग्रह गरिसकेका छन् ।

त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकार मुर्ख रहेको भन्दै केसीलाई अनसन तोड्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सत्यको आग्रह गर्दै आफ्नो ज्यान जोखिममा राख्नसक्नु मानवीय गुणको उच्चतम विन्दू हो, जुन डा केसीले प्राप्त गरिसक्नुभएको छ । समाज रूपान्तरणको बाँकी कामका निम्ति वहाँ बाँच्नु आवश्यक छ । मूर्खदेखि दैव डरा भन्ने लोकोक्ति छ । डा केसीले अनसन तोडेर मूर्ख सत्तालाई अर्को नैतिक झापड हाने कसो होला ?’

हेर्नुहोस् नागरिक समाजको अपिल-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय