scheduleशनिवार आश्विन ४ गते, २०७६

केसी र ढुंगानाको हातबाट जुस पिएर डा. केसीले तोडे अनसन

काठमाडौं, १८ माघ । प्रा. डा. गोविन्द केसीले १४ दिन लामो आमरण अनसन तोडेका हुन् । सरकार वार्ताका लागि नै तयार नभएपछि केसीले एकतर्फी रुपमा अनसन तोडका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिए ।

अनसन तोडेसँगै उनले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्नु उपयुक्त नहुने भएकोले अनसन तोडेको उनको तर्क छ । उनले यस्तो अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको स्पष्ट पारे ।

असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुने डा. केसीले बताएका छन् ।

उनले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको समेत आरोप लगाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage