scheduleशुक्रवार भाद्र ६ गते, २०७६

डोटीमा जिप दुर्घटना, एकको मृत्यू


डोटी, १९ माघ । अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा गए राति १२ बजे लु१च २५०८ नं.को जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाजी ४२ वर्षका बब्लुको मृत्यु भएको र डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँ बस्ने वर्ष १९ का शङ्कर राणा र जिप चालक तथा साहु अन्दाजी ५० वर्षीया सुवास प्रजापति घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करीब २०० मिटर तल खसेका कारण मृतकको शव जिपभित्रै च्यापिएकाले प्रहरी तथा स्थानीयवासीको सहयोगमा निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी प्रमुख थापाले जानकारी दिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage