scheduleबुधवार मंसिर ४ गते, २०७६

बाबुराम भन्छन्- इतिहासको कुरा गरेर सम्मान पाइएला तर देश समृद्ध बन्दैन


भोजपुर, १९ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले शासकीय असक्षमताका कारण स्वर्गजस्तो देशमा गरिब भएर कहिलेसम्म बस्ने भन्दै प्रश्न गरेका छन् ।

पार्टीले सञ्चालन गरेको जनसंवाद यात्राको क्रममा भोजपुरको च्यांग्रेमा पौवादुङ गाउँपालिकाले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले भने, ‘हाम्रा नेताहरु जेल बसेको र अन्य इतिहासका कुरा गरेर बस्नुहुन्छ, त्यसरी केही समय सम्मान पाउन त सकिएला तर देश बनाउन सकिँदैन ।’ उनले शासकीय असक्षमताका कारण नागरिक गरिब भएर बस्नुपर्ने अवस्था बिडम्बनापूर्ण रहेको बताए ।

‘अहिले हाम्रोमा चल्ते चलाते ढंगले सबैकुरा चलिरहेको छ,’ उनले भने, ‘हाम्रो पुस्ताले ७ दशक लामो लड्ने, भिड्ने, जेल जाने आदि गतिविधि गरेर व्यवस्था परिवर्तनमा ठूलो योगदान दिइसक्यो ।’ विकास र समृद्धि अर्कै काम भएको उल्लेख गर्दै हिजोको योग्यता र क्षमता मात्रै यो नयाँ काम गर्न यथेष्ट नुहेन उनको तर्क थियो ।

‘हाम्रो पुस्ताले एउटा काम गर्‍यो । विकास र समृद्धि अर्कै काम हो । घर भत्काउन धेरै सिप चाहिँदैन, बनाउन धेरै सीप चाहिन्छ,’ उनले भने, ‘बनाउन नयाँ पुस्ता र नयाँ मानिसहरुले सक्छन् कि हामीमा रुपान्तरण चाहिन्छ ।’

हिजोकै विचार, शैली, नेतृत्व, संगठन र ढाँचाले समृद्धि ल्याउन नसकिने उनको जिकिर गरे । उनले भने, ‘नेतृत्वमा क्षमता र सीप नभई हुँदैन ।’

डा.भट्टराईले आफ्नो पुस्ताले समातेको साम्यवाद र पुँजीवादमा अहिले परिमार्जन भइसकेको सन्दर्भहरु उल्लेख गरे । ‘नेपाल न जाडो न गर्मी र सुरक्षित पनि क्षेत्र भएकोले यहाँ धेरै थरीका मानिसहरु आएर बसे । यहाँ मिश्रित जातिहरु रहेका पाइन्छन्,’ उनले भने, ‘त्यसैले हाम्रो राष्ट्रियता इन्द्रधनुषी राष्ट्रियता हो ।’ नेपालमा उपलब्ध प्राकृतिक र जातीय विविधतालाई अवसरको रुपमा उपयोग गर्दै तीव्र गतिमा समृद्धिमा जानुपर्नेमा उनको जोड थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अगाडि थपे, ‘गरिबी र बेरोजगारी उन्मुलन गरेर सबैले प्रतिफल पाउने र दिगो विकास समृद्धिको मोडेल अपनाउनु आवश्यक छ । यसलाई हामीले ‘समृद्धि- सबैका लागि, सधैंका लागि’ भनेका छौं ।’

उनले आफूहरु जनताबाट सिक्न आएको र आफूले भनिरहेको कुरा गलत रहेछ भने फेर्न र फेरिन तयार रहेको बताए । उनले एक महिने अभियान सकिएसँगै यात्राको सिकाईको आधारमा नयाँ ढंगले अगाडि बढ्ने जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage