scheduleशुक्रवार भाद्र ६ गते, २०७६

स्थलगत अध्ययनमा आएको टोली बीच बाटोबाटै फर्कियो


बाजुरा, १९ माघ । बाजुरामा व्याप्त छाउपडी प्रथाबारे स्थलगत अध्ययनका लागि बाजुरा आएको प्रतिनिधिसभा सामाजिक विकास समितिका सांसदको टोली सम्वन्धित क्षेत्रमा पुग्न नसकेरै फिर्ता भएको छ ।

सांसद गणेश ठगुन्नाको नेतृत्वमा बिहीवार मात्र जिल्ला सदरमुकाम मार्तडी पुगेको ६ जना प्रतिनिधिसभाका सदस्य सांसदहरुको टोली हिमपातका कारण बाटो अवरुद्ध भएपछि बडिमालिका नगरपालिकाको ढम्कने र रजातोलीमा अन्तर्क्रिया गरेर आज फर्किएको हो ।

अघिल्लो पुस महिनामा छाउगोठमा आमाछोरासहित ३ जनाको मृत्यु भए पछि प्रतिनिधिसभा सामाजिक विकास समितिले स्थलगत अध्ययन गर्न सांसद ठगुन्नाको नेतृत्वमा ६ सदस्यी टोली बाजुरा पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । घटनास्थलमा पुग्न नसके पनि टोलीले आज पनि जिल्ला सदरमुकाम मार्तडीमा अन्तक्र्रिया गरेको प्रमुख जिल्ला अधिकारी बरालको भनाई छ ।

सामाजिक विकास समितिको टोली घटनास्थल नपुगेर जिल्ला सदरमुकामबाटै फिर्किएपछि सामाकिज सञ्जालमा विरोध भएको छ । टोलीमा सांसदहरु गंगा चौधरी बाजुराबाट प्रतिनिधिसभाका सांसद लालबहादुर थापा, विमला नेपाली, अम्रिता थापामगर लगायत रहेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage