scheduleआइतवार भाद्र ८ गते, २०७६

काँग्रेसले आजबाट सदन अवरुद्व नगर्ने तर विरोध भने यस्तो

काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आजबाट सदनमा अवरोध नगर्ने संकेत गरेको छ । आज संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र त्यसपछि संसद सुचारु हुने बताइएको छ ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने काँग्रेसको माग सम्बोधन भएपछि र प्रा. डा. गोविन्द केसीले आफ्नो अनसन फिर्ता लिएपछि काँग्रेस उक्त निर्णयमा पुगेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संवैधानिक निकायका प्रमुखको नियुक्ति, निर्मला हत्या प्रकरणका दोषीको पहिचानमा भएको ढिलाई, सरकारी सम्पत्तिको दुरुपयोग लगायतका विषयमा भने विरोध कायमै राख्नेछ । त्यसैले काँग्रेसले माघ २१ को विरोध प्रदर्शन फिर्ता नहुने संकेत गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage