scheduleबुधवार भाद्र ४ गते, २०७६

पुनः पक्राउ परे गुण्डा नाइके राजु गोर्खाली


काठमाडौं, २० माघ । नेपाल प्रहरीले गुण्डा नाइके राजु गोर्खालीलाई पुनः पक्राउ गरेको छ । यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका गोर्खालीलाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनी बानेश्वरबाट पक्राउ परेका हुन् । उनीविरुद्ध राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरी परेको थियो ।

अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न रहँदै आएको आरोपमा उनलाई प्रहरीले पटक-पटक पक्राउ गरेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage