scheduleआइतवार भाद्र ८ गते, २०७६

आज विश्व क्यान्सर दिवस, यी हुन् ध्यान दिनुपर्ने कुराहरु


काठमाडौं, २१ माघ । आज विश्वभर क्यान्सर दिवस मनाईदैछ । हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने उदेश्यले फेब्रवरी ४ मा क्यान्सर दिवस मनाउने तयारी गरिएको हो ।

आजको दिन क्यान्सरका कारण मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवसको रुपमा पनि मनाउने गरिएको छ । आजको दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरुप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनि विश्वस्तरमै छलफल समेत गरिन्छ ।

समयमै पहिचान हुनसकेमा धेरैहदसम्म क्यान्सरको रोकथाम गर्न सकिने विज्ञहरुको भनाई छ । आज संसारभरिका विभिन्न क्षेत्रका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पून प्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्विर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ ।

विभिन्न अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने गरेको छ ।

सुर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेमा र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिने क्यान्सर विज्ञहरुको भनाई छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage