scheduleबुधवार बैशाख ११ गते, २०७६

प्रहरीद्वारा कैलालीको जंगलमा हवाइ फायर, यस्तो छ कारण

कैलाली, २१ माघ । टिकापुर नगरपालिका–१ स्थित एकतानगर शिविर नजिकै जंगलमा अवैध रुपमा सालको रुख काटिरहेको अवस्थामा जानकी गाउँपालिका–७ चिलिमचौराह बस्ने २० वर्षीय डिल्लीराज चौधरीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी उक्त जंगलमा जाँदा जंगलमा लुकिछिपी बसेका करिब २० जनाको समूहले होहल्ला गर्दै ढुंगामुढा समेत गरी अवरोध सिर्जना गरेपछि प्रहरीले हवाई फायर समेत गरी रुख काट्न प्रयोग गर्ने हाते आरा सहित चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob