scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

धादिङमा पेस्तोल र गोलीसहित ३ जना पक्राउ

धादिङ, २२ माघ । धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेबी बस्ने ३० वर्षीय आषिश थापा मगर, २५ वर्षीय नारायाण थापा मगर र २३ वर्षीय बिशाल गुरुङलाई चाईनिज पेस्तोल १ थान र गोली ७ राउण्डसहित प्रहरीले पक्राउ गरेको छ ।

गंगाजमुना गाउँपालिका–५ स्थित श्री मण्डली उच्च माविमा भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ईलाका प्रहरी कार्यालय फुलखर्कबाट सुरक्षार्थ खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय