scheduleमगलवार बैशाख १० गते, २०७६

साँढे ३३ किलो सुन तस्करी प्रकरण : विदेशबाट सुन पठाउने फरार अर्का अभियुक्त यूएईबाट पक्राउ

काठमाडौं, २२ माघ । साँढे ३३ किलो सुन तस्करी प्रकरणका एक अर्का फरार अभियुक्त यूएईमा पक्राउ परेका छन् । काभ्रेका हरिशरण खड्का खाडी मुलुक दुवईमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खड्का लामो समयदेखि यूएईमा बस्दै आएका छन् । उनले यूएईबाट नेपालका सुन व्यवसायीलाई सुन पठाउँदै आएको खुलेको छ । उनलाई उनलाई कानूनी प्रकृया पुर्याएर नेपाल ल्याउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

२०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बरामद गरेको साँढे ३३ किलो सुन प्रकरणमा खड्काको नाम मुछिएको थियो । त्यसैअनुरुप खड्काविरुद्ध रेडकर्नर नोटिस जारी गरेर यूएईबाट पक्राउ गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob