scheduleशुक्रवार भाद्र ६ गते, २०७६

काँग्रेसद्वारा प्रदेश ५ को बैठक अवरुद्ध, सभामुखसँग भयो भनाभन

रुपन्देही, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश नम्बर पाँचको प्रदेशसभा बैठक अवरुद्ध पारेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठित विशेष समितिले काम नगरेको भन्दै काँग्रेसले बैठक अवरूद्ध गरेको हो । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु भएको घोषणा गरेलगत्तै काँग्रेस सांसदहरु आसनबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।

काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेशको स्थायी राजधानी र नामाकरणको लागि सुझाव संकलन गरी सिफारिस गर्न बनेको विशेष समितिले समय लम्ब्याउने काम मात्र गरेको भन्दै प्रदेशसभाको बैठक अवरुद्ध पारिएको बताए ।

३ महिना अगाडि समितिको संयोजक दीपेन्द्रकुमार पुनलाई बनाएको थियो । तर समितिले स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्नुको साटो जालझेल गरेर लम्बाउन खोजको उनले आरोप लगाए । सो अवसरमा बैठकको कार्यसूचीमा नभएको एजेन्डामा विवाद नगर्न सभामुखले आग्रह गरेपछि काँग्रेस सांसद र सभामुखवीच भनाभनसमेत भएको थियो ।

काँग्रेसले यस अगाडि माघ १८ गते बसेको बैठक पनि प्रा. डा. गोविन्द केसीको जीवनरक्षा र निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने हत्यारालाई पक्राउ गर्न माग गर्दै बैठक अवरूद्ध गरेको थियो । संसदको अर्को बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage