scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

भरुवा बन्दुक पड्केर १७ वर्षीय युवा घाइते

तेह्रथुम, २२ माघ । भरुवा बन्दुक पड्कंदा तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्ले बस्ने शुषण लिम्बु घाइते भएका छन् । १८ वर्षीय सबिन कुरुङवाङ र सोही ठाउँ बस्ने २४ वर्षीय विश्व कुरुङवाङले भरुवा बन्दुकमा बारुद भर्ने क्रममा अचानक पड्कदा सोही ठाउँ बस्ने १७ वर्षीय शुषण लिम्बु घाइते भएका हुन् ।

शुषणलाई उपचारको लागि धरान घोपा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त भरुवा बन्दुक विश्वको घरबाट बरामद भएको प्रहरीले जनाएको छ । सविन र विश्व भने फरार रहेको र प्रहरीले उनीहरुलाई खोजीरहेको जनाएको छ ।

उक्त बन्दुक राख्नुको कारण र बारुद्ध भरिएकोबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob