scheduleबिहिवार बैशाख १२ गते, २०७६

एकपटक पुनः रनवीर र दीपिका सँगै काम गर्दै

काठमाडौँ, २३ माघ । बलिउडमा कुनै समय सबैभन्दा लोकप्रिय जोडीको रुपमा रनवीर कपुर र दीपिका पादुकोणलाई लिने गरिन्थ्यो ।

यो जोडीको लब अफयेर धेरै समय टिक्न सकेन अन्तत यिनीहरुले पनि ब्रेकअप गरे ।

तर, ब्रेकअप गरे तापनि यो जोडीको केमिस्ट्री अझै पनि बलिउडमा जमिरहेको छ ।

ब्रेकअप पछि यो जोडी फिल्म तमासा देखिएको थियो जसलाई धेरैले रुचाएका थिए ।

दीपिका पादुकोणले रणवीर सिंहसँग विवाह गरिसकेकी छिन् भने रनवीर कपुर आलिया भाटको मायामा मस्त रहेका छन् ।

यो जोडीले पुन सँगै काम गर्ने भएको छ । तर, यो जोडी फिल्म नभइ एउटा प्रोजेक्टमा सँगै काम गर्न सहमत भएका हुन् । मिडिया रिपोर्टका अनुसार यो जोडी एउटा विज्ञापनमा देखिदैछ । यो कुन ब्राण्डको विज्ञापन हो त्यसबारे मिडियामा आइसकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob