scheduleबिहिवार बैशाख १२ गते, २०७६

हाडनाता करणी मुद्दामा फरार बखत पक्राउ

भोजपुर, २३ माघ । जिल्ला अदालत भोजपुरको २०४७ वैशाख २३ को फैसालाले हाडनाता करणी मुद्दामा ४ वर्ष कैद भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । धनकुटा पाख्रीवास नगरपालिका–५ सिम्ले घर भई सुनसरी इटहरी नगरपालिका–९ बस्ने बखतबहादुर कठेतलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले कठेतलाई पक्राउ गरी जिल्ला अदालत भोजपुर पेश गरिएकोमा कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob