scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ परे शेर्पा


काठमाडौँ, २३ माघ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले जनकपुरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बस जाँचका क्रममा सोलुखुम्बुका २० वर्षीय छिरिङ शेर्पालाई आज बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर अवैध लागुऔषध ल्याउँदै गरेको अवस्थामा शेर्पालाई पक्राउ गरिएको जानकारी दिए ।

शेर्पासँग प्रहरीले ७५० ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ । अभियुक्त शेर्पालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob