scheduleशुक्रवार बैशाख १३ गते, २०७६

नेकपाका सबै संगठनको एकता फागुन पहिलो सातासम्ममा सकिन्छ : प्रचण्ड

चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सबै संगठनको एकता फागुन पहिलो सातासम्ममा सकिने दाबी गरेका छन् । चितवन पुगेका प्रचण्डले संचारकर्मीहरुसँग कुरा गर्दै भने,  ‘दुई बजे नेकपा कार्यदलको बैठक बसेर प्रतिवेदन बुझाउँदैछ । सबै संगठनको एकता सकेसम्म यो महिनामा नभएपनि फागुन महिनाको पहिलो हप्तामा सक्नेमा छौं र सबै एकता हुन्छ ।’

उनले एकतामा ढिलाई भएको भएपनि अब नेकपाले आफ्नो अभियानलाई द्रुत अगाडि बढाउने पनि बताए । अध्यक्ष प्रचण्डले सरकारले विकासको गति पकडेको दाबी गर्दै भने, ‘सरकारले काम गरिराखेकै छ । तपाइहरुले हेर्नुभयो भने सरकारबाट दिनप्रतिदिन जनताको पक्षमा नयाँ-नयाँ कार्यक्रमहरु घोषणा भएका छन् । लगातार त्यो अगाडि बढेको छ र विकास निर्माणका गति पक्रन थालेको छ । केही समयपछि अझै यसले तिव्रता पाउँछ ।’

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob