scheduleआइतवार फाल्गुन ५ गते, २०७५

कोठामा लाइटर लिन पसेकी १० वर्षीय नातिनी हजुरबाहरुबाट सामूहिकरुपमा बलात्कृत

उदयपुर, २४ माघ । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदन्डीगढी नगरपालिका–२ कामीटार बस्ने ६८ वर्षीय गोपीलाल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १३ गते बालिकालाई उनकै हजुरबुवा नाता पर्ने ५५ वर्षीय कमल परियारले केही दिनको लागि नातिनीलाई मेरो घर लान्छु भनि लगेकोमा माघ २१ गते राति बालिका हजुरबुवाको कोठामा लाईटर लिन गएको अवस्थामा हजुरबुबा कमल परियार र छिमेकी गोपीलालले जबरजस्ती करणी गरेको भनी मामवली पट्टीको हजुरआमा ५४ वर्षीया मनमाया बिकले प्रहरीलाई बुधबार खबर गरेकी थिइन् । सोही खबरका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले गोपीलाल परियारलाई पक्राउ गरेको हो ।

यता कमल परियार भने फरार छन् । उनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob