scheduleबिहिवार बैशाख १२ गते, २०७६

अन्तिम कारोबार दिन पनि घटेरै बन्द भयो नेप्से


काठमाडौं, २४ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से ०.१५ अंकले घटेर ११३९.५७ अंकमा ओर्लिएको छ ।

आज बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले उकालो लागेको छ ।

बजारमा बैकिङ, होटल्स, फाइनान्स र माइक्रोफाइनान्स समूहको परिसूचकमा सुधार आएको छ । बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । आज बजारमा १६४ कम्पनीको ८ लाख ८२ हजार ३०७ कित्ता शेयर ६ हजार ३१२ पटक खरिदबिक्री हुँदा २५ करोड ७६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob