scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

एमिलियानो सालाको लाश फेला परेको पुष्टि

काठमाडौँ, २५ माघ । कार्डिफ सिटीका खेलाडी एमिलियानो सालाको फेला परेको लाश उनकै भएको पुष्टि भएको छ । मिडिया रिपोर्टका अनुसार २८ बर्षका साला र पाईलट डेविड इब्बोटसनको लाश बुधबार फेला परेको थियो ।

उनको विमान २१ जनवरीबाट उनी हराईरहेको थिए भने अन्तत उनको विमान दुर्घटनाग्रस्त भएको खबर बाहिर आएको थियो ।

यस सिजन कार्डिफको खेल खासै गतिलो रहेको छैन । प्रिमियर लिगमा रेलिगेशनमा संघर्षरत कार्डिफ रेलिगेशनबाट बाहिर आउन क्लबले उनलाई अनुबन्ध गरेको थियो । तर, लियोनबाट बिदा भएर कार्डिफ फर्कने क्रममा उनको विमान दुर्घटना भएको थियो । उनको शवबारे परिवारलाई जानकारी गराइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob