scheduleसोमवार श्रावण ६ गते, २०७६

कंगनालाई आलियाको जवाफ

काठमाडौँ, २५ माघ । बलिउडमा पछिल्लो समय कंगनाको प्रशंसा गर्न बलिउडका हस्तीहरु कन्जुस्याइ गरेको आरोप लागेको थियो । कंगनाले पनि यसै विषयमा खुलेर बलिउडका कलाकारहरुको आलोचना गरेकी थिइन् ।

उनले आमिर र आलिया भटको खुलेरै आलोचना गरेकी थिइन् । तर, उनको प्रतिक्रियाका जबाफ आलिया भटले दिएकी छिन् । उनले कंगना एक उत्कृष्ट कलाकार भएको र आफुले उनलाई दुःखी बनाउने काम केही नगरेको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘उनलाई मेरा कारण दुःखी भएको भए म माफी माग्न चाहन्छु ।’
केही हप्ता अगाडि रिलिज भएको फिल्म मनिकर्निकाले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएको थियो । यस फिल्मले हालसम्म १०० करोडभन्दा बढीको कमाइ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob