scheduleशनिवार आश्विन ४ गते, २०७६

राष्ट्रसंघको दावी-पत्रकार खाशोग्जीको हत्या साउदी अधिकारीको योजनामा

एजेन्सी, २५ माघ । संयुक्त राष्ट्रसंघले साउदी अरेबियाका पत्रकार जमाल खाशोग्जीको हत्या साउदी अरेबियाकै अधिकारीको योजनाअनुसार भएको दावी गरेको छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्जीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियतबाटै भएको निष्कर्ष निकालेको हो ।

राष्ट्रसंघको टोलीले अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै साउदी अरेबियाकै अधिकारीको संलग्नतामा हत्या भएको जनाएको हो । साउदीका पत्रकार खाशोग्जीको हत्या गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको थियो । संयुक्त राष्ट्रसंघीय अनुसन्धान टोलीकी अनुसन्धानकर्ता एगनेर क्यालामार्डले जेनेभामा अनुसन्धान प्रतिवेदन जारी गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage