scheduleआइतवार फाल्गुन ५ गते, २०७५

सदनमै अनसन बस्ने सांसदको चेतावनी


काठमाडौं, २५ माघ । आजको संघीय संसद प्रतिनिधिसभामा सांसदले नै अनसन बस्ने चेतावनी दिएका छन् । विशेष समयमा बोल्दै सांसद राजेन्द्र लिङ्ग्देनले उक्त चेतावनी दिएका हुन् ।

उनले मन्त्रीका कार्यकर्ताका आधारमा आवश्यक नपर्ने स्थानमा बजेट विनियोजन र योजना छनौट गर्ने कार्यको विरोध गरे । आवश्यकताका आधारमा योजना छनौट गर्नुपर्ने उनको भनाई थियो ।

उनले संसदमा आफू एक्लो प्रतिनिधि भएको भन्दै आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने र दुःख दिने खालका कुनै पनि क्रियाकलाप सह्य नहुने भन्दै भने, ‘मेरो क्षेत्रका जनतालाई न्याय हुँदैन भने म साँच्चिकै अनसन बस्छु र अन्य संघर्षका कार्यक्रमहरुसमेत गरेर भएपनि मेरो क्षेत्रका जनतालाई न्याय दिने काममा म अग्रसर हुनेछु,’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob