scheduleआइतवार फाल्गुन ५ गते, २०७५

विवाह गर्छु भन्दै १४ वर्षीया बालिकामाथि बलात्कार

कैलाली, २५ माघ । कैलालीको लम्की चुहा नगरपालिका–३ बस्ने १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय बालाराम बसुटेललाई प्रहरीले पक्राउ गरेको छ ।

बालारामले माघ १९ गते ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी आफ्नै घरमा लुकाई छिपाई राखी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले बालारामलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा लम्की प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob