scheduleबिहिवार बैशाख १२ गते, २०७६

तपाई भर्न तयार हो ? ९३ करोडको आइपीओ आजबाट खुल्यो

काठमाडौं, २५ माघ। युनिभर्सल पावर कम्पनीले आज (शुक्रबार)देखि प्रतिकित्ता १०० रुपैंया अंकित ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले ९३ लाख २७ हजार ४१० कित्ता शेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयबाट अवितरित १७ लाख ६६ हजार १५० कित्तासहित कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्काशन गरेको हो ।

कुल निष्काशित शेयरमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि-आश्वा प्रणालीमार्फत् लगानीकर्ताले आइपीओमा आवेदन दिन सक्नेछन् ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५ हजार रुपैयाँ अर्थात् ५० कित्ता देखि अधिकतम ५० करोड रुपैंया अर्थात् ५० लाख कित्तासम्म आवेदन दिन सक्ने सक्नेछन् । आइपीओमा आवेदन दिने म्याद छिटोमा माघ २९ गते र सबै शेयर नबिकेमा ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob