scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

अर्को माओवादी जन्मन सक्छ, झन ठूलो लडाईंको खतरा : प्रचण्ड

काठमाडौं, २५ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका मुद्दालाई हल्का किसिमले लिइए र संविधान कार्यान्वयनलाई दायाँबायाँ गरिए देश द्वन्द्वमा फस्ने बताएका छन् । प्रचण्डले माओवादीलाई सिध्याइसकियो अब जे गरे पनि हुन्छ भन्ने सोचेर यी विषयलाई उठाइए त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् ।

न्यायिक समिति, कार्यविधि र प्रक्रिया नामक पुस्तक लोकार्पण कार्यक्रममा शुक्रबार प्रचण्डले शान्ति प्रक्रियाका विषयमा पछिल्लो समयमा उठेको बहस र संविधान कार्यान्वयनमा विगतकै अवस्थामा जाने काम भएको भन्दै यस्तो चेतावनी दिएका हुन्।

प्रचण्डले कसैको नाम उल्लेख त गरेनन् तर माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनी दिंदै भने, ‘शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएका मूलभूत कुराहरूको इमान्दार कार्यान्वयनमार्फत् अगाडि बढ्नु हामी सबैको ऐतिहासिक जिम्मेवारी बनेको मैले महशुस गरेको छु। यदि त्यसो गरिएन र हल्काफुल्का रूपले लिइएको छ भने देशलाई फेरि गाह्रो पर्न सक्छ । अब माओवादीहरूलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ। अर्को माओवादी जन्मन सक्छ र झन ठूलो लडाइँ हुने खतरा आउँछ।’

उनले सबैले प्रतिबद्धता र प्रतिज्ञा गरेर शान्ति सम्झौताको मर्मलाई इमान्दार कार्यान्वयन, संविधानको मर्मलाई त्यसरी नै कार्यान्वयन गर्नेतिर एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नै पार्टीको सरकार पनि संविधानको भावनाअनुसार नचलेको आरोप लगाएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage