scheduleबिहिवार बैशाख १२ गते, २०७६

भिडन्तमा छ प्रहरीसहित चौधको मृत्यु

तालुकान, २६ माघ । अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ ।

शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये छ र प्रहरी आठ विद्रोही लडाकू रहेका जिल्ला गभर्नर मोहम्मद ओमरले जानकारी दिए ।

उनले मृत्यु भएका मध्ये छ जना प्रहरी रहेपनि आठ जना भने विद्रोही पक्षका लडाकू भएका बताए ।

‘तालिवान लडाकूको एउटा समूहले सुरक्षा कार्यालयमा आक्रमण गरेको थियो, स्थानीय समयानुसार बिहान ०७ बजे खावजा घार जिल्लामा आक्रमण भएको हो,’ओमरले भने । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob