scheduleबिहिवार बैशाख १२ गते, २०७६

चौथो स्थानमा उक्लियो म्यानचेस्टर युनाइटेड, फुलहममाथि सहज जित

काठमाडौँ, २७ माघ । म्यानचेस्टर युनाइटेडले रेलिगेशनबाट बच्न संघर्षरत फुलहमलाई ३-० गोलले पराजित गरेको छ ।

म्यानुको जितमा पोउल पोग्वाले दुई गोल गरे भने एक गोल एन्थोनी मार्सलले गरे ।

प्रशिक्षक ओले गनर आएपछि अपराजित रहेको म्यानुका लागि खेलको १४ औ मिनेटमा पोग्वाले गोल गरेका थिए ।

खेलको २३ औँ मिनेटमा एन्थोनी मार्सलले सोलो गोल गरे । दोस्रो हाफमा पनि म्यानु उत्तिकै जमेर खेल्यो ।

म्यानुका लागि पोउल पोग्वाले खेलको ६३ औ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे ।

यो जितसँगै म्यानु शिर्ष चारमा उक्लन सफल भएको छ । २६ खेलमा ५१ अंक जोडेको म्यानु च्याम्पियन्स लिगका लागि आफ्नो स्थान सुरक्षित गर्ने रणनीतिमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob