scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

जग्गाको बिषयमा विवाद हुँदा पोखरामा एक ब्यक्ति घाइते

पोखरा , २७ माघ । जग्गाको बिषयमा विवाद हुँदा पोखरामा एक ब्यक्ति घाइते भएका छन् ।

शनिबार पोखरा महानगरपालिका वडा नम्बर ३३ तिक्लाङमा बाटो बनाउने बिषयमा बसेको बैठक पश्चात बर्ष ३४ का शिब बानियाँ र ३५ बर्षिय पदम खत्रीले सोही स्थान बस्ने बर्ष ५८ का चुडामणि पौडेललाई कुटपिट गर्दा पौडेल घाइते भएको प्रदेश ४ प्रहरी कार्यालयका नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

दुई जनाको कुटाइबाट सख्त घाइते भएका पौडेललाई पोखराको बिरौटा स्थित नमस्ते अस्पतालमा भएको छ । खबर लगत्तै घटना स्थलमा खटिएको प्रहरीको टोलीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ भने, थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob