scheduleसोमवार श्रावण ६ गते, २०७६

गगन थापाको घोषणा-पार्टी सभापतिमा उठ्नेछु

गोरखा, २७ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने इच्छा व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन गोरखाले आइतबार गोरखामा गरेको पत्रकार सम्मेलनमा थापाले अब युवा पुस्ताले पार्टी हाँक्ने बेला आएको भन्दै आफूलाई सभापतिको दाबेदार प्रस्तुत गर्ने इच्छा व्यक्त गरेका हुन् ।

पत्रकार सम्मेलनमा थापाले भने, ‘कथाले मागे १४ औं महाधिवेशनमा सभापति उठ्छु।’

पहिलो पुस्ताले नेतृत्व गर्दा कांग्रेस तालको जमेको पानीजस्तो भएको र अब पार्टीलाई नदीझैं बगाउनुपर्ने आवश्यकता देखिएको भन्दै उनले युवाले नेतृत्व लिनुपर्ने बताए ।

पार्टी कार्यकर्ताले जिम्मेवारी प्रदान गरे आफू महामन्त्री, सभापति जुनसुकै पदमा उठ्न तयार रहेको उनले बताए । यसअघि २०७२ मा भएको १३ औं महाधिवेशनमा थापा महामन्त्री उम्मेदवार बनेका थिए।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob