scheduleआइतवार जेष्ठ १२ गते, २०७६

शेयरधनीले प्राप्त गर्ने यो ४०.५०% बोनस स्विकृत, २०% हकप्रद शेयर आउँदै


काठामाडौं, २७ माघ । उन्नती माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभाले शेयरधनीलाई ४० दशमलव ५० प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव स्विकृत गरेको छ । शनिबार सम्पन्न साधारणसभाले चुक्तापुँजीको २ दशमलव १३ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांशसमेत स्वीकृत गरेको छ ।

त्यसैगरी साधारणसभाले संस्थाको नाम संशोधन, ५ः१ को अनुपात अर्थात २० प्रतिशत हकप्रद शेयर जारी गर्ने, अधिकृत, जारी र चुक्तापुँजी वृद्धि, कार्य क्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती, संशोधन तथा परिमार्जनमा सञ्चालक समीतिलाई अख्तियारी र मर्जर तथा गाभ्ने/गाभिने, प्राप्ती गर्ने वा प्राप्ती हुन जान आवश्यक काम कारवाहीको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob