scheduleबिहिवार बैशाख १२ गते, २०७६

एकतालाई पूर्णता दिन नसक्दा नेकपा नेता/कार्यकर्तामा निराशा : माधव नेपाल

हेटौँडा, २७ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई पूर्णता दिन नसक्दा नेता/कार्यकर्तामा निराशा छाएको बताएका छन्। हेटौंडामा आइतबार पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले कार्यकर्तामा छाएको निराशा हटाउन पार्टी एकीकरणका सबै प्रक्रिया तत्काल टुंग्याउनुपर्ने बताए ।

नेता नेपालले पार्टी एकता टुंग्याउनका लागि सिनियरलाई पहिलो प्राथमिकता र जुनियरलाई दोस्रो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने विकल्प सुझाए ।

उनले पार्टी तथा सरकार विधिअनुसार सञ्चालन हुनुपर्ने पनि बताए । कोही व्यक्तिलाई मन लागेको शैलीमा पार्टी र सरकार सञ्चालन गर्ने होइन, उनले भने।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob