scheduleबिहिवार भाद्र ५ गते, २०७६

ग्रीलजन्य उद्योग सरकारको उपेक्षामा परेको व्यवसायीको गुनासो

काठमाडौं, २७ माघ । ग्रील तथा स्टीलजन्य उत्पादनमा संलग्न व्यवसायीहरुले मुलुकको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएका ग्रील तथा स्टील व्यवसायीलाई सरकारले उपेक्षा गरेको गुनासो गरेका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २४ औं वार्षिक साधारणसभामा उपस्थित व्यवसायीले उक्त गुनासो गरेका हुन् ।

महासंघका अध्यक्ष मोहन कटुवालले मुलुकभर ११ हजार भन्दाबढी ग्रिल व्यवसायी रहेको र आफूहरू कानूनी दायरामा आएर कर तिछौं भन्दापनि सरकारले उपेक्षा गरेको बताए । उनले दर्ता प्रक्रियालाई सहज बनाईदिन सरकारसँग आग्रह पनि गरे ।

उनले भने, ‘अहिले काठमाडौं महानगरपालिकाका केही वडाले पुराना उद्योग नवीकरण गर्न नदिएको र नयाँ उद्योग सञ्चालनका लागि अनुमति पनि दिएका छैनन् । हामीले सहजरूपमा आफ्नो भूमिमा बसेर काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छौं । महानगरपालिकाको १६, १७ र २६ लगायत केही वडाले अहिले ग्रील तथा स्टील व्यवसाय दर्ता र सञ्चालनका लागि समेत प्रतिबन्ध लगाउने प्रयास गरेको बुझिएको छ । अब हामी स्थानीय सरकारले गरेको यस्तो हर्कतबारे केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने छौं ।’

सरकारले स्वदेशमै प्रशस्तै रोजगारीको वातावरण बनाउने भने पनि स्थानीय तहका प्रतिनिधिले ग्रील व्यवसायीको समस्या नबुझेकोमा निकै दुःख लागेको अध्यक्ष कटुवालले बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ग्रीलजन्य पेशालाई मर्यादित र व्यवस्थीत बनाइनुपर्ने माग गरे । त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंह, महसंघका पूर्वअध्यक्ष एवं साउथ एसिया कन्ट्रिज एसएमई फोरमका अध्यक्ष सुरेश प्रधानलगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरूले ग्रील व्यवसायीलाई कानूनी दायरामा ल्याउन सरकारले सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage