scheduleबिहिवार बैशाख १२ गते, २०७६

सरकारले वृद्वभत्ता मासिक ५ हजार पुर्‍याउँछ : उपप्रधानमन्त्री पोखरेल

फाइल फोटो

२७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले चुनावी घोषणापत्रमा उल्लेख गरेअनुसार नै वृद्धभत्ता मासिक ५ हजार पुर्‍याउने बताएका छन् । आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता पुर्‍याउने प्रतिवद्धता सरकारले पूरा गर्ने दाबी गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले वृद्धहरुका लागि १ लाख रुपैयाँको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको र अब मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने बताएका हुन् । त्यस्तै पोखरेलले सरकारले रोजगारीको अवसर सिर्जना गर्न फागुन १ गते विशेष कार्यक्रमकाबीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्न लागेको पनि जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob