scheduleबिहिवार बैशाख १२ गते, २०७६

राहुल झुटको नायक भएको शिवराजको आरोप

भडोडारा, भारत, २७ माघ । भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका  छन् ।

गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ ।

अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिको रुपमा चित्रित गर्दै खुल्ला बहसका लागि आउन चुनौती दिएका थिए ।

यहाँ आयोजित एक कार्यक्रममा बोल्दै नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुराहरु दोहोर्‍याउने गरेको आरोप लगाएका  थिए ।

गान्धीका ती आरोपको खण्डन गर्दै मुख्यमन्त्री चौहानले आज सो भनाई राखेका हुन् । भारतमा यसैवर्ष लोकसभा निर्वाचन हुन लागेकाले दलका नेताहरुले एकले अर्काे तथा विपक्षीहरुलाई अनेक आरोप लगाउने र होच्याउने अभिव्यक्तिहरु दिन थालेका छन् । रासस/एएनआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob